थप ११३ मा कोरोना सङ्क्रमण, सक्रिय सङ्क्रमित ३६२ पुगे

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ११ १८:२९ बजे

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा २९ जना रहेका छन् भने आइसियुमा ४ जना रहेका छन् । यसका साथै ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

यसका साथै ७२ जना सङ्क्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हाल नेपालमा सङ्क्रमितको सङ्ख्या ३ सय ६२ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२०८० वैशाख ११ १८:२९ बजे

प्रतिक्रिया