काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सुख्खा याममा बिजुली उत्पादन नहुँदा लोडसेडिङ भएको बताएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुख्खा यामले लोडसेडिङ भएको बताएका हुन् । देशभरका उद्योगी व्यवसायीले लोडसेडिङ बढेको गुनासो गर्न थालेपछि घिसिङले पत्रकार सम्मेलनको आयोजना गरेर सुख्खा यामका कारण पावर सप्लाइमा समस्या आएको बताएका हुन् ।
घिसिङले यस पटकको सुख्खा याममा हिउँ नपर्दा हिउँ पग्लिनुपर्ने समय सुख्खा याममा परिणत भएको बताएका हुन् । पुस माघ महिनामा हिमाली क्षेत्रमा उच्च मात्रामा हिउँ पर्नुपर्ने हो । तर, उक्त समयमा हिउँ नपर्दा यति बेला हिउँ पग्लेर नदिको तह बढ्नुपर्ने समयमा बिजुलीको उत्पादन घटेको प्राधिकरणले जनाएको छ ।
पानी नपरेपछि वीरगन्ज र बिराटननगर लगायतका क्षेत्रमा सञ्चालित उद्योगमा लोडसेडिङ भएको घिसिङले बताए । ‘अहिले विराटनगर र वीरगन्ज क्षेत्रका उद्योगीलाई बिहान र बेलुकाको समयमा मात्र चलाउनु भनेको हो । तर गत वर्षको तुलनामा अहिले कम समस्या छ' , घिसिङले भने ।
उनले भने, ‘अबको १५ दिनपछि प्रि मनसुन सुरु हुन्छ । तराईमा सिँचाइ गर्न पर्दैन । यस्तै नदी नालाको पानीको बहाव समेत बढ्छ ।’ यहि कारण अबको १५ दिनपछि निर्यात कसरी गर्ने भन्नेमा प्राधिकरण चिन्तित रहेको घिसिङको भनाई छ ।
प्रतिक्रिया