विश्व पृथ्वी दिवसमा कायापलट द्वारा जनकपुरधाममा‌ 'क्लाइमेट व्क'

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ९ १९:२६ बजे

दिवेश कुमार महतो, जनकपुरधाम । जनकपुरधाममा एका बिहानै विश्व पृथ्वी दिवसको अवसरमा 'क्लाइमेट व्क' गरिएको छ।  मधेस प्रदेशको राजधानी जनकपुरधामको क्याम्पस चौक देखि नोचा पोखरी सम्म climate walkगरी जलवायु परिवर्तनको बारेमा छलफल गरिएको छ। वातावरण संरक्षणको चेतना जगाउन हरेक वर्ष अप्रिल २२ मा पृथ्वी दिवस मनाइन्छ। सोहि अनुरुप वातावरण लगायतको विविध क्षेत्रमा काम गर्ने 'कायापलट ' नामँक संस्थाको आयोजनामा विश्व पृथ्वी दिवसलाई मध्यनजर गर्दै प्ले-कार्ड बोकेर क्लाइमेट व्क अर्थात् र्याली निकालिएको थियो। 'हाम्रो पृथ्वी हाम्रो घर हो'आँउ सँगै बसेर हरियालीका कुरा गरौं, वायु प्रदूषण अन्त्यको लागि युवाहरु एक हौं, वृक्षारोपन गरौं, लगायतका नारा सहित बोकेको प्ले-कार्डले जलवायु परिवर्तनलाई न्युनिकरण गर्ने बारे सन्देश दिन खोजिएको थियो।

जनकपुरधामको क्याम्पस चौकबाट निकालिएको क्लाइमेट व्कलाई जनकपुरधाम कै नोचा पोखरी स्थित जलवायु परिवर्तनको असर, समस्या र न्युनिकरण बारे छलफल गरिएको कुरा 'कायापलट'क्लाइमेट क्याम्पेनर सुभम झाले बताउनुभयो।

 वहाँको अनुसार विश्व भर बढ्दै गएको जनसंख्या र मानवीय क्रियाकलापले पृथ्वीमा विभिन्न समस्याहरु निम्तिन थालेका छन्। समस्या स्वतह निम्तिएका छैनन्। हाम्रै आनिबानी र हाम्रै क्रियाकलापले समस्याहरु निम्तिएका छन्।  समय सँगै मान्छेको चाहना र आवश्यकता बढ्दै गएको छ र त्यसको प्रत्यक्ष असर पृथ्वीमा असर परिरहेको कुरा बताउनुभयो। 

प्रकृतिमा भएका बहुमुल्य स्रोतसाधनहरु दोहन भईरहेका छन् जसकारण जलवायु परिवर्तन, तापक्रम ह्वात्तै बढ्नु र घट्नु  , वातावरण प्रदुषण भईरहेको छ। यसलाई हामीले आ-आफ्नो ठाउँबाट कसरी न्युनिकरण गर्न सकिन्छ र  हामीले अरुमा परिवर्तन खोजी रहँदा परिवर्तनको सुरुवात आफैंबाट सुरु गर्न 'कायापलट' वातावरण अभियानी सुनिल यादवले आग्रह गर्नुभयो।

त्यस्तै 'कायापलट'का वातावरणिय अभियानी प्रशान्त झा का अनुसार जलवायु परिवर्तनका कारण खडेरी ,पहिरो , हावाहुरी जस्ता समस्याहरु पृथ्वीमा निम्ताएको छ। यसलाई न्युनीकरण गर्न हामी तपाईं जस्ता युवाहरु लागनै पर्छ भन्दै युवाहरुलाई यसतर्फ ध्यान दिन आग्रह गर्नुभएको थियो। 

प्लाष्टिकको अत्यधिक प्रयोग, फैक्ट्रिबाट निस्केको फोहर र प्लाष्टिक जलाएको हावाले हाम्रो वातावरण र मानव जिवनलाई आक्रन्त बनाएको छ । मानवीय क्रियाकलापले पृथ्वीको स्वरुप नै परिवर्तन बनाइ मानव र जिवजन्तुको जिवनलाई संकटमा पुर्याएको र यसलाई जोगाउनको लागि हामी हरेक दिन आफ्नो सक्दो प्रयास गरौं भन्ने कुरा 'कायापलट' का प्लाष्टिक म्यान क्याम्पेनर हिमानी आभ्या मिश्राले बताउनुभएकी थिइन् । सोही 'क्लाइमेट व्क' कार्यक्रमको उद्घोषकको रुपमा 'कायापलट' का सदस्य दिवेश कुमार महतोले गर्नुभएको थियो।

पृथ्वी मा बढ्दै गएको विकाराल समस्यालाई लाई न्युनिकरण गर्न हरेक वर्ष नेपाल सहित विश्वका धेरै देशहरुले अप्रिल २२ का दिन पृथ्वी दिवस मनाउँदै आइरहेको छ।

२०८० वैशाख ९ १९:२६ बजे

प्रतिक्रिया