विराटनगर । विराटनगरमा पहिचानको आधारमा प्रदेशको नामकरण माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकारीबिच झडप भएको छ ।आन्दोलनकारीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर आवतजावत रोकेपछि झडप भएको हो
आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको प्रहरीले बताएको छ । मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ ।
प्रदेशको नाम कोसी राखेको विरोधमा भइरहेको आन्दोलनका क्रममा ५ चैतमा घाइते भई १० चैतमा मृत्यु भएका पदम लिम्बुको आज अन्तिम संकार भइरहेको छ ।
प्रतिक्रिया