काठमाडौँ । कञ्चनपुरमा घाँस काटिरहेको अवस्थामा एक महिलालाई बाघले आक्रमण गरेर बेपत्ता बनाएको छ । बेलौरी नगरपालिका–८ पचुँइकी गंगादेवी चन्द बेपत्ता भएकी हुन् ।
नेपाल भारत सीमा क्षेत्र नजिकै पर्ने खप्टिनालामा घाँस काट्ने क्रममा चन्दलाई बाघले लगेको तर उनीसँगै रहेका अन्य महिलाहरुले भने भागेर ज्यान जोगाउन सफल भएका प्रहरीले जनाएको छ ।
बाघले आक्रमण गरेर बेपत्ता बनाएकी महिलाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, सव डिभिजन वन कार्यालय कुण्डाका कर्मचारी र स्थानीय बासिन्दा खटिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डांगीले बताएका छन् ।
बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिकको टोली मगाइएको प्रहरीले जनाएको छ । बाघ भगाउन प्रहरीले हवाई फायर समेत गरेको थियो ।
प्रतिक्रिया