खराब मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने हवाई उडान प्रभावित

दोहाबाट आएको कतार एयरवेज र नयाँ दिल्लीबाट आएको भिस्तारा एयरको जहाज आकाशमै होल्ड भएका छन्

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ८ १७:०० बजे

काठमाडौँ ।  खराब मौसमका कारण शुक्रवार अपराह्नदेखि हवाई उडान प्रभावित बनेको छ । काठमाडौँमा चलेको हावाहुरीका कारण त्रिभुवन विमानस्थलबाट हुने उडानहरू  प्रभावित भएका छन् । उडानहरू डिले भएका हुन् ।

दोहाबाट आएको कतार एयरवेज र नयाँ दिल्लीबाट आएको भिस्तारा एयरको जहाज आकाशमै होल्ड भएका छन् । आन्तरिकतर्फ पनि विराटनगर, पोखरासहितका गन्तव्यमा जानु पर्ने जहाजहरू डिले भएका छन् ।  काठमाडौँमा अहिले बादल लागिरहुको साथै हावा पनि चलिरहेको छ । 

 

२०८० वैशाख ८ १७:०० बजे

प्रतिक्रिया