काठमाडौँ । सर्वोच्च अदालतले सिंहदरबार को फोहोर उठाउन काठमाडौँ ।महानगरपालिकालाई आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सिंहदरबारभित्रको फोहोर तत्काल उठाउन आदेश जारी गरेको हो । महानगरपालिका मेयर बालेन शाहले भने आफूले काठमाडौँको फोहोर नउठाउने बताउँदै आएका छन् । त्यस विरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले फोहोर व्यवस्थापनमा संघीय सरकारबाट असहयोग भएको भन्दै फोहोर नउठाउने निर्णय गरेका हुन् । उनले फोहोर उठाउन सहयोग नगरेकोमा राजधानी सारेपनि हुने बताएका थिए ।
प्रतिक्रिया