बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले दिए राजीनामा

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ८ १६:३० बजे

काठमाडौँ । कर्मचारीलाई धम्क्याएको आरोप लागेका बेलायतमा उपप्रधान तथा न्यायमन्त्री डोमिनिक राबले राजीनामा दिएका छन् ।

विपक्षी पार्टीले भने प्रधानमन्त्री सुनकमाथि आफ्नो उपप्रधानमन्त्रीबारे निर्णय लिन ढिला गरेको बताएको छ । यसबारे छानबिन रिपोर्ट हिजो मात्र प्रधानमन्त्री ऋषि सुनकलाई बुझाइएको छ । उपप्रधानमन्त्री राबले शुक्रबार राजीनामा दिएको बीबीसीले जनाएको छ ।

२०८० वैशाख ८ १६:३० बजे

प्रतिक्रिया