काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारणबाट थप एक जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ मन्त्रालयकाअनुसार शुक्राबार थप १०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ३०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना सङ्क्रमण भेटिएको हो । यस्तै कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या ४१४ पुगेको छ भने संस्थागत आइसोलेसनमा २५ जना, आइसियुमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।
प्रतिक्रिया