रुसले नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउने

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ८ १५:२७ बजे

काठमाडौँ । रुसले नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध  गराउने भएको छ । रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको जनाइएको छ । 

अध्यक्ष तिमिल्सिना र उपप्रधानमन्त्री चेर्निसेन्को बिच भएको भेटमा नेपाल र रुसबिचको सिधा हवाई सेवा सुचारु गर्ने, रुसमा नेपाली विद्यार्थीको शिक्षाको लागि कोटा बढाउने, सबवे, रेलमार्ग, मोटरवे र जलविद्युत आयोजना निर्माणमा पूर्वाधार निर्माणमा सहयोग गर्ने विषयमा पनि छलफल भएको तिमिल्सिनाको सचिवालयले जनाएको छ । साथै भेटवार्तामा नेपाललाई खाद्यान्न, रासायनिक मल, हेलिकप्टर र मोटरसाइकल उपलब्ध गराउने विषयमा छलफल भएको छ ।

२०८० वैशाख ८ १५:२७ बजे

प्रतिक्रिया