पोखराको ल्याण्डफिल साइट : डोजरले च्यापिएर चालकको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ७ २०:०६ बजे

पोखरा। पोखरा महानगरपालिका–३२ लामेआहालस्थित ल्याण्डफिल साइटमा फोहोर पुर्ने डोजरले च्यापिएर ६० वर्षीय चालकको ज्यान गएको छ । 

फोहोर पुर्न प्रयोग गरिएको ग १ ग १३४ नम्बरको डोजरले किचेर बिहीबार साँझ चालक ६० वर्षीय मुसाफिर दास तत्माको मृत्यु भएको हो ।

फोहोर व्यवस्थापन शाखाका कर्मचारी हर्क गायकका अनुसार फोहोर पुर्न डोजर चालु अवस्थामा राखेर चालक तत्मा डोजर अगाडि पुगेका थिए । स्टार्ट भइराखेको डोजर अगाडि बढ्दा चालकलाई पेलेको थाहा नपाएको उनले बताएका छन् ।  

चालक २ वर्षअघि महानगरबाटै अवकाश पाएका चालक हुन् । तर, फोहोर पुर्ने अर्को चालक नपाउँदा उनैलाई करारमा राखिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको छ । 

२०८० वैशाख ७ २०:०६ बजे

प्रतिक्रिया