बेलिब्रिज भाँचिदा मृत्यु हुनेकाे सङ्ख्या २ पुग्याे

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ७ १८:४८ बजे
बेलिब्रिज भाँचिदा

जाजारकोट । भेरी नदीको निर्माणाधीन बेलिब्रिज भाँचिदा मृत्यु हुने सङ्ख्या २ पुगेको छ । दुवै मृतक भारतीय नागरिक रहेका छन् ।

 मृत्यु हुनेमा भारतको बहराइच जिल्लाका अन्दाजी ४० वर्षीय पुर्षोतम राजकुमार र अन्दाजी ४० वर्षीय धर्मेन्द्र गौतम  रहेका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी निमराज भट्टराइले जनाएका छन् ।

दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएका छन् भने ४ जनाको अवस्था सामान्य छ । गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टर कोहलपुर मेडिकल कलेज लगिएको छ । उक्त पुलमा ९ जना कामदार खटिएका थिए ।

गम्भीर घाइते हुनेमा भारत बहराइच मधुवापुरका ३२ वर्षीय सञ्जयकुमार गौतम, ६० वर्षीय राजकुमार हरिजन चमार र बर्दिया नगरपालिका– १० का ३८ वर्षीय गोपाल चमार भन्ने हरिजन छन् । उनीहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

भारत बहराइच मधुवापुरका ३२ वर्षीय गोरख नाथ, सोही ठाउँका ५० वर्षीय मैकु गौतम र १९ वर्षीय सोनु चुमार र नवलपरासीका क्रेन चालक २५ वर्षीय निरजकुमार चौधरीको अवस्था सामान्य छ । उनीहरूको उपचार जाजरकोटकको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा भइरहेको छ ।

२०८० वैशाख ७ १८:४८ बजे

प्रतिक्रिया