डडेल्धुरामा देउवाको विरुद्धमा उभिएका कर्णलाई सागरको जवाफ -"हजुरको साहसमा मैँले केहि इटा थप्ने प्रयास गरेको हुँ"

डडेल्धुरामा देउवाको विरुद्धमा उभिएका कर्णलाई सागरको जवाफ -"हजुरको साहसमा मैँले केहि इटा थप्ने प्रयास गरेको हुँ"

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २८ ११:०४ बजे
सागर ढकाल

काठमाडौं । आगामी मंसिरमा  हुने संघको निर्वाचन डडेल्धराबाट देउवालाई टक्कर दिँदै निर्वाचनमा  हुमिएका  गुल्मीका  सागर ढकाललाई अहिले धेरैले पुराना नेताहरुलाई विस्थापन  गर्ने  आएको  संज्ञाको रुपमा लिएका छन् ।  डडेल्धुरा  पुर्व काग्रेस जिल्ला सभापती तथा प्रदेश सांसद  अहिलेका बिपी कांग्रेसका  नेता तथा  बरिष्ठ उपसभापती  कर्ण मल्ले  देउवालाई भोट नहाल्न   भन्दै   सागर ढकाललाई  भोट हाल्न  आग्रह  गरेका छन् । कर्ण मल्लले गरेका  आग्रहलाई सागर ढकालले  आफ्नो यात्राको एक  इटा भएको भन्दै आफ्नो  फेसबसकमा  उनको  भिडियो  सेयर गरेका छन् । 

 उनले फेसबुकमा उनको  भिडियो सेयर  गर्दै लेखेका छन्, डडेल्धुरामा मेरो प्रतिष्पर्धी  कर्ण मल्ल ज्यु प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। हामीले यसै गरि स्वच्छ प्रतिस्पर्धा गर्नु छ, गालिको राजनिति त्याग्नु छ, सम्मानको राजनिति गर्नु छ ।जसरि बालेनको विजय हेर्दा उनको जित मात्र देखिए पनि त्यो जितको पछाडि धेरै व्यक्तिको अथक संघर्ष थियो। मलाइ के लाग्छ भन्दा हेर्दा माथि एउटा सफलता देखिएला तर त्यसको ठिक तल असफलताका चाङ हुन्छन्। तपाइले जति ती असफलतालाई भुल्नुहुन्छ त्यति सफलताको उचाइ घट्दै जान्छ र अन्तिममा फेरि जमिनमै जानुहुन्छ ‌। जति माथि गए पनि आफ्नो जमिन कहिल्यै बिर्सनु हुँदैन। जुन दिन जमिन बिर्सिन्छ त्यही दिन जमिनले तल खिचिहाल्छ। वैकल्पिक राजनीतिको लागि पनि उज्ज्वल थापाले यसको बिउ १०(१५ वर्ष अघि रोप्नु भएको थियो, त्यसपछि पुकार बम, मिलन पाण्डे, रन्जु दर्शना, रवीन्द्र मिस्र , किशोर थापा लगायत धेरैको ठुलो जग बसालिदिनुभएको थियो। हामीले यसलाई सकेको सम्मान गर्नु पर्छ। 

त्यसै गरी भोलि मैँले डडेल्धुराबाट तत्कालीन प्रधानमन्त्रीसँग प्रतिस्पर्धा गर्दा जिते पनि कर्ण मल्ल लगायतले गर्नु भएको अथक मेहनत मैँले खेर जाने दिने छैन। यो मेहनतलाई राष्ट्रिय रूपमा त मैले सजिलै लिएर जान सक्नेछु , अन्तर्राष्ट्रिय रूपमा पनि भोलि मैँले देशलाइ लिएर जान सके भने हजुरहरूले गर्नु भएको डडेल्धुराको मेहनत (जुन मेरो राजनीतिक जमिन हो), कहिल्यै बिर्सने छैन। बालेनको जितमा मेरो हिसाबमा उनको व्यक्तिगत जित करिब १० प्रतिशत मात्र हो, ९० प्रतिशत जित उज्ज्वल थापा लगायतको हो। त्यस्तै मेरो डडेलधुराको जित भयो भने मेरो व्यक्तिगत १०  प्रतिशत मात्र जित हुनेछ, बाकि सबै डडेल्धुरा बासिको जित, देशको जित हो‌ । म त खालि एउटा हजुरहरुको जित देखाउने एउटा मुखौटो न हु । राजनीतिक रूपमा के हुन्छ मैँले भन्न सक्दिन तर व्यक्तिगत रूपमा कर्ण मल्ल प्रति मेरो हार्दिक नमन छ , हजुरको साहसमा मैँले केहि इटा थप्ने प्रयास गरेको हुँ।

२०७९ साउन २८ ११:०४ बजे

प्रतिक्रिया