भारतीय पर्वतारोही अनुराग मालु सकुशल फेला

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ७ १३:३७ बजे
भारतीय पर्वतारोही अनुराग मालु सकुशल

काठमाडौँ । अन्नपूर्ण हिमालको आधार शिविरमा बेपत्ता भएका भारतीय पर्वतारोही तथा दिगो विकासका अभियन्ता अनुराग मालु गम्भीर अवस्था फेला परेका हो । 

अनुरागका भाइ सुधिर मालुलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले उद्धारकर्ताहरूले उनलाई गम्भीर अवस्थामा फेला पारेको जनाएको छ । 

उद्धारकर्ताहरूको टोलीले ३४ वर्षीय अनुराग मालुलाई विश्वको दशौँ अग्लो चुचुरोको क्याम्प (३ मुनि गहिरो खाडलमा फेला पारेको सेभेन समिट ट्रेक्सका निर्देशक छाङ दावा शेर्पाले बताएका छन् । अनुरागलाई उपचारका लागि हेलिकप्टरमार्फत् पोखरास्थित मणिपाल अस्पताल लगिएको छ।

उनी गत वैशाख १ गते बेपत्ता भएका भएका थिए। अन्नपूर्ण हिमालको क्याम्प २ बाट ओर्लने क्रममा ५ हजार ८ सय मिटर अग्लो खाडलमा खसेपछि सोमबारदेखि अनुराग बेपत्ता भएका थिए । 

छाङ दावाको नेतृत्वमा छ शेर्पा आरोहीको टोलीले अनुरागलाई आज बिहान करिब ३ सय मिटर गहिरो खाडलमा फेला पारेको थियो।

२०८० वैशाख ७ १३:३७ बजे

प्रतिक्रिया