गजल (आमा)

bimbonline नरेन्द्र देवकोटा
२०८० वैशाख ७ ०७:५७ बजे

न्यानो पारी ओछ्यानमा सुताएको सम्झेँ

हात समाइ आँगनमा घुमाएको सम्झे


छातिमाथि लुकाएको पल बिर्शेको छैन

घाँस राखी डोकोमाथि डुलाएको सम्झे ।


काम बिग्रेमा नदोर्‍याउन सम्झाउनु हुन्थ्यो 

कसैले गालि दिँदा मन दुखाएको सम्झे ।


राम्रो काममा स्याबास् बाबु भन्नुहुन्थ्यो आमा

कोखाई कोखाई भन्दै माम् खुवाएको सम्झेँ ।


यो काम गरे बल किन्दिउँला पनि भन्नु हुन्थ्यो

मामा घर जाउँला भन्दै फकाएको सम्झे ।


अरुको चोट अनि गाली नसहने आमा

आमाको मन् आकाश् जस्तै फैलिएको सम्झे ।


आमा हुनेहरु आज आमालाई चिन्दैनन् 

हिरामोती भन्दा ठुली आमा भएको सम्झे ।



२०८० वैशाख ७ ०७:५७ बजे

प्रतिक्रिया