काठमाडौँ । वैशाख कृष्ण औँसीका दिन मनाइने ‘आमाको मुख हेर्ने’ पर्व वैशाख ७ गते अर्थात् आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुसी पारी मनाइँदै छ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठुली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रूपमा समेत मनाउँछन् ।
प्रतिक्रिया