चिनलाई पछि पार्दै जनसङ्ख्यामा पहिलो बन्यो भारत

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ६ १९:२६ बजे

काठमाडौँ । जनसङ्ख्याको हिसाबले भारतले चीनलाई पनि पछि पारेको छ । संयुक्त राष्ट्र सङ्घको हालैको प्रतिवेदनमा भारतको जनसङ्ख्या १४२.८६ करोड र चीन १४२.५७ करोड जनसङ्ख्या भएको दोस्रो स्थानमा पुगेको उल्लेख छ । यसरी भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ ।

भारतजस्तो जनसङ्ख्या भएको देशमा बढ्दो जनसङ्ख्याले भविष्यमा सुखी र स्वस्थ जीवनका लागि धेरै चुनौती खडा गर्ने जनसङ्ख्या फाउन्डेसन अफ इन्डियाकी कार्यकारी पुनम मुत्रेजा बताउँछिन् ।

भारतको जनसङ्ख्याको सबैभन्दा ठुलो हिस्सा युवाहरू छन्। यहाँ ५५ प्रतिशत ३० वर्षभन्दा कम उमेरका युवा छन् । एक चौथाइ युवाहरू छन् जसको उमेर १५ वर्ष भन्दा कम छ। तीव्र गतिमा बढ्दो जनसङ्ख्याको सबैभन्दा ठुलो कारण ५५ प्रतिशत युवा जनसङ्ख्या हो । यो सङ्ख्या अझै बढ्ने विज्ञहरूको  अनुमान रहेको छ । यसो हुनुको एउटा कारण यो पनि हो कि यहाँ परिवार नियोजनका विधिहरू जनसङ्ख्यालाई हेर्दा जति प्रभावकारी रूपमा लागू हुन सकेको छैन । यद्यपि, भारत सन् १९५२ मा परिवार नियोजनको आधिकारिक योजना लागू गर्ने र अपनाउने पहिलो देश हो।

२०८० वैशाख ६ १९:२६ बजे

प्रतिक्रिया