काठमाडौँ । निजामती कर्मचारीहरूका युनियनहरूले सरकारको प्रशासनिक केन्द्र सिंहदरबार ठप्प गर्ने गरी आन्दोलन गर्ने घोषणा गरेको छ । ट्रेड युनियनहरूले यही वैशाख १९ र २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एसएमएस पठाउने कार्यक्रम पनि सार्वजनिक गरेका छ।
साथै वैशाख २१ गते सिंहदरबार कार्यस्थल रहेका कर्मचारीहरू कार्यालयमा अनुपस्थित रहने कार्यक्रम तय गरिएको छ । कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले आफूहरूका मागलाई सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताएका छन् । प्रस्तावित सङ्घीय निजामती सेवा ऐनमा आफूहरूले उठाउँदै आएका माग समावेश नगरिएकोले आन्दोलन गर्न लागिएको उनले बताए।
कर्मचारीहरूले उठाएका वृत्ति विकास, सेवा तथा सुरक्षालगायतका मागहरू उठाएका छन् । कर्मचारीहरूका माग सम्बोधन गरी सरकारले चालु अधिवेशनबाटै सङ्घीय निजामती सेवा ऐन ल्याउनुपर्ने माग गरेका हुने ।
प्रतिक्रिया