राष्ट्रपतिको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारत लगिँदै

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ६ ०८:१६ बजे
राष्ट्रपति रामचन्द्र पौडेल

 काठमाडौँ । स्वास्थ्यमा समस्या देखिएपछि हिजो अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य झन् जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि भारत लगिने भएको छ । छाती र फोक्सोमा समस्या देखिएपछि पौडेल हिजो अस्पताल भर्ना भएका थिए । 

 स्वास्थ्यमा सुधार नआएपछि राष्ट्रपतिलाई आज एयर एम्बुलेन्सबाट भारत लागिने  लागेकाे हाे । परिवारको आग्रहमा उनलाई भारतमा रहेको अल इन्डिया इन्सच्युट  अफ मेडिकल साइन्सेज एमसमा  सरकारले लैजान तयारी गरेको हो ।  राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेको छन् । 

२०८० वैशाख ६ ०८:१६ बजे

प्रतिक्रिया