रुसी कब्जामा रहेको युक्रेनी क्षेत्रमा पुटिनको भ्रमण

पुटिनले लुहान्स्क क्षेत्रको समेत भ्रमण गरेको  अनुमान गरिएको छ

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ५ २२:४८ बजे

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी कब्जामा रहेको युक्रेनी क्षेत्र खेअर्सनको भ्रमण गरेकाे जनाइएको छ । उनले त्यहाँ एक सैन्य बैठकको आयोजना गरेर कमान्डरहरूका विवरण सुनेका क्रेम्लिनले जनाएको छ । पुटिनले लुहान्स्क क्षेत्रको समेत भ्रमण गरेको  अनुमान गरिएको छ । खेअर्सन  र लुहान्स्कलाई रुसले गाभेको थियो ।  

रुसी नेताको त्यस्तो भ्रमण दुर्लभ रूपमा हुने गरेको छ। यद्यपि उनले गत मार्च महिनामा मरिओपोल सहरको आकस्मिक भ्रमण गरेका थिए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीका एकजना सल्लाहकार मिखाइलो पोदोलियाकले ट्विटमार्फत् पुटिनले युक्रेनका 'कब्जा गरिएका र क्षतविक्षत भएका भूभाग भ्रमण गरेर' अन्तिम पटक आफ्ना समर्थकहरूले गरेका अपराधको आनन्द लिएको' लेखेका छन्।

पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले उक्त भ्रमण १७ एप्रिलमा भएको जनाएका छन्। राष्ट्रपति पुटिनले जापोरिजाको अवस्थाबारे समेत सोधेको बताइएको छ जसलाई मस्कोले रुसी भागको रूपमा दाबी गरेको छ।

पुटिनले खेअर्सनको सैनिकहरूको बैठकमा उनीहरूको ध्यान मोड्न आफूले नखोजेको बताए। रुसी फौज गत वर्षको अन्त्यतिर खेअर्सन सहरबाट पछि हटेको थियो। जस क्रममा मस्कोले सन् २०२२ को फेब्रुअरीमा अतिक्रमण गरेपछि नियन्त्रणमा लिएको एकमात्र क्षेत्रीय राजधानी गुमाएको थियो।

२०८० वैशाख ५ २२:४८ बजे

प्रतिक्रिया