काठमाडौँ । सरकारले लामो समय देखि बन्द रहेको जग्गाको कित्ताकाट खुला गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले भू-उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको हो ।
'भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबन्डा रोकिएको थियो । त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको छ,'उनले भनिन् ।
प्रतिक्रिया