काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारणबाट दुई जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना सङ्क्रमणको कारणबाट ज्यान गएको जनाएको छ ।
साथै आज मङ्गलवार १७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २ हजार २९१ नमुनामध्ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा सङ्क्रमण देखिएको हो ।
कोरोनाको सक्रिय सङ्क्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना रहेका छन् ।
प्रतिक्रिया