काठमाडौँ । ऊर्जा सम्मेलन आजदेखी काठमाडौँमा सुरु भएको छ। ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं उर्जा सम्मेलन काठमाडौँमा सुरु भएको हो ।
सम्मेलन आज र भोलि दुई दिनसम्म चल्ने छ। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड, ऊर्जामन्त्री शक्ति बस्नेत र भुमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ सहभागी भएका छन्।
नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, लगानी बोर्ड नेपाल र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपालले आयोजना गरेको ऊर्जा सम्मेलनमा सम्मेलनमा भारत, बंगलादेश, भुटान, श्रीलंका लगायत ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुनेछन् । साथै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत् उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरूलगायत अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू पनि सम्मेलनमा सहभागी हुने छन् ।
प्रतिक्रिया