बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको हत्यामा संलग्न रहेको दुई जनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेका सोही ठाउँका २४ वर्षीय महेन्द्र विष्ट र २८ वर्षीय धनमती भण्डारी रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताएका छन् । मृतक जोशीका दाई पुष्पराज जोशीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा विष्ट र भण्डारीविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
जोशीको शनिवार राति धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । महेन्द्रले चक्कु प्रहार गरी वासुदेवको हत्या गरेको र धनमतीले वासुदेवको हत्या भएको पहिलो खबर घरपरिवारलाई गरेकी बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया