काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को आमामाथि गोली प्रहार भएको छ। गए राति बालुवाटारस्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली चलाएका हुन् । प्रहरी सहायक हवलदार प्रकाश पुन वर्षमानका नातेदार समेत रहेका छन् ।
प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरी प्रधान कार्यालय नक्सालमा राखेर सोधपुछ भइरहेको छ। घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ। अनन्तकी आमाको खुट्टामा गोली लागेको छ। उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ। गए राति १० बजेतिर उनले गोली प्रहार गरेका हुन्।
प्रतिक्रिया