काठमाडौँ महानगरपालिकाद्धारा अनलाइन नक्सा पास प्रणाली सुरुवात

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १ १६:१३ बजे
मेयर बालेन शाह

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले आजदेखि पूर्णरुपमा अनलाइन नक्सा पास प्रणालीको सुरुवात गरेको छ । मेयर बालेन शाहले अनलाइन प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घर नक्सा दर्ता अनलाइनबाटै पेस गर्न सकिने बताए।

संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगई अनलाइनबाट नै सेवा लिन सकिनेछ मेयर बालेनले बताइएका छन् । महानगरले सर्भरको स्तरोन्नतिसहित सफ्टवेयरका धेरै सुविधाहरू सुधार  गरेको छ ।  

२०८० वैशाख १ १६:१३ बजे

प्रतिक्रिया