‘ज्याकी आई एम ट्वान्टी’को ट्रेलर रिलिज 

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १ १५:४८ बजे
ज्याकी आई एम ट्वान्टी

काठमाडौँ । वैशाखको २१ गतेबाट  हलमा लाग्ने फिल्म ‘ज्याकी आई एम ट्वान्टी वान’को ट्रेलर सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर बाबु र आफ्नो सपनाको दोधारमा अल्झिएको ज्याकीको कथामा निर्माण भएको फिल्मको ट्रेलर  आज सार्वजनिक गरिएको हो । 

यो फिल्म नेपालकै पहिलो डान्स ड्रामा फिल्म हो । फिल्म रेनशा राई रानाको निर्देशनमा निर्माण गरिएको हो । 

 फिल्ममा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु बजाज, सुजता राई, सुर्यमन लिम्बु, विकास जोशी, प्रदीप लामा, सुशान्त गौतम, नारायणदेवी प्रधान, रिजोन परियार, विकास जोशी लगायतका कलाकारको अभिनय छ । सुशान्त प्रजापतिको छायांकन रहेको फिल्ममा सोमनाथ खनाल र रेनशा राई रानाको संवाद, निमेष श्रेष्ठको सम्पादन छ । 

फिल्मको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्देशक रेनशा राई रानाले यो फिल्मले नेपाली समाजकै कथा भएको बताए  अभाव, गरिबी, सपनाको दोसाधमा अल्झिएका यूवाहरुको कथालाई हामीले भन्ने कोसिस गरेका छौं । मलाई सधै नै चुनौती मनपर्छ । यो फिल्म पनि एउटा चुनौतीलाई स्वीकार गरेको परिणाम हो , उनले भने ।  

फिल्मको ट्रेलर हेर्दा यसको मेकिङ उच्च देखिएको छ । फिल्ममा रोहित शाक्य, स्वप्निल शर्मा, कालिप्रसाद बाँस्कोटाको संगीत, द वाइल्र्ड रिपर्ज क्रुको कोरियोग्राफी छ ।

https://www.youtube.com/watch?v=U6h07_34xUg

२०८० वैशाख १ १५:४८ बजे

प्रतिक्रिया