आजदेखि २०८० साल सुरु,सबैमा शुभकामना

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १ ०७:१२ बजे
२०८० साल सुरु

 काठमाडौँ। आज विक्रम सम्वत २०८०  को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल  । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै छ ।  

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान ,शिक्षण संस्थामा सार्वजनिक बिदा दिने परम्परा छ । 

नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नति प्रगतिको कामना गरेका छन् ।

नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिष्टान्न भोजन मनाइन्छ ।  नयाँ वर्षलाई नयाँ कामको सुरुवात गर्ने वर्षका रुपमा पनि लिइन्छ । 

आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।

हामी यस बिम्ब अनलाइनको तर्फबाट नयाँ वर्षको उपलक्ष्यमा हामी सम्पूर्ण ग्राहक,पाठक,विज्ञापनकर्ता,श्रोता, दर्शक  स्वदेश तथा विदेशमा रहेका सम्मपुर्ण नेपालीहरुमा  नयाँ वर्ष विसं २०८० सालको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। 

२०८० वैशाख १ ०७:१२ बजे

प्रतिक्रिया