काठमाडौं । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएको छ । धनगढीको फूलबारीका ६१ वर्षीय जमनसिंह रोक्कामगर पेटमा बोतल भेटिएको हो । बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्स-रे गर्ने क्रममा बोतल देखिएको हो ।
केही दिनअघि मदिरा सेवन गर्ने क्रममा साथीले मलद्वारबाट बोतल पेटमा घुसाइदिएको पाइएको जनाइएको छ । वृद्धको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । यसअघि रौतहटका एक युवाको पेटमा पनि यस्तो बोतल भेटिएको थियो ।
प्रतिक्रिया