माठमाडौं । महानगरपालिकाले सिंहदरबारले असहयोग गरेको भन्दै सिंहदरबार क्षेत्रको फोहोर नउठाउने भनेपछि सिंहदरबारको फोहोर उठ्न सकेको छैन । विगत ५ दिन देखि सिंह दरबारको फोहोर जस्ताको त्यस्तै रहेको छ ।
माठमाडौंको फोहोरका विषमा मन्त्रपरिषद्स्तरीय बैठक बसेको थियो । उक्त बैठकमा २४ घण्टा भित्र फोहोर सफा गर्नका लागि आवश्यक कदम चालिने बताइयो । २४ घण्टा बित्दा पनि यस क्षेत्रको फोहोर भने जस्ताको त्यस्तै रहेको छ । काठमाडौं महानगरपालिकाले संवाद गर्नै नमानेपछि यो अवस्था आएको हो ।
लामो समयसम्म नउठेको फोहोर उठाउने विषयमा भने सरकार, सहरी विकास मन्त्रालय र महानगरपालिका बिच कुनै सहकार्यको सम्भावना देखिएको छैन ।
काठमाडौं महानगरपालिकाले फोहोर नउठाएपछि अहिले सरकार प्रमुखका निवासीहरूको फोहोरको चाङ लागेको छ । राष्ट्रपति निवास , प्रधानमन्त्री निवास ,मन्त्री निवास सभामुख निवास र राष्ट्रियसभाका अध्यक्षको निवासमा अहिले फोहोरको चाङ लागेको छ । सरकारले भने आफूहरू फोहोरको दीर्घकालिक व्यवस्थापनका लागी काम गरिरहेका बताएका छन् ।
प्रतिक्रिया