मिटरब्याज पीडित : सरकारसँगको वार्ता सहमति नजिक

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ३० ०७:३९ बजे
मिटरब्याज पीडित
काठमाडौं । लामो समयदेखि आन्दोलनमा रहेका मिटरब्याज पीडितहरूले न्याय पाउने भएका छन् ।  सरकारसँग वार्तामा रहेका मिटरब्याज पीडितहरूलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले  आफूहरूको समस्या समाधान हुनमा ढुक्क हुन भनेपछि पीडितहरूले न्यायपाउने आस पलाएको हो ।

बुधवार मिटरब्याज ,ठगीविरुद्ध र मिटरब्याज पीडित सङ्घर्ष समिति  सँगको वार्ताकाक्रममा श्रेष्ठले समस्या समाधान हुनेमा ढुक्क हुन भनेका हुन् । वार्ताका क्रममा गृहमन्त्री नारायणकाजी श्रेष्टले अहिलेको मिटर ब्याज सामन्तवादको अवशेष भएको बताए । श्रेष्ठले मिटर ब्याजपीडितलाई जति सक्दो चाँडो समस्या समाधान गरी घर फर्कन पनि आग्रह गरेका छन् ।

विभिन्न जिल्लाहरूबाट सर्यौको सङ्ख्यामा मिटर ब्याज पीडितहरू  काठमाडौंमा रहेका छन् । मिटरब्याज पीडितहरूले सरकारसँग विभिन्न ६ बुँदे मागहरु राखेका छन् । सरकारले आज बिहीबार पनि मिटर ब्याज पीडितहरूसँग वार्ता गर्ने भएको छ । 
२०७९ चैत्र ३० ०७:३९ बजे

प्रतिक्रिया