डेढ साताभित्र प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने चेतावनी

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २९ १४:५१ बजे
प्रधानन्यायाधीश

काठमाडौं । नेपाल बार एशोसिएसनले डेढ साता भित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन  आग्रह गरेको छ । एशोसिएसनले आज पत्रकार सम्मेलन गर्दै दिइएको समय सीमाभित्र पनि प्रधानन्यायाधीश नियुक्त नगरे  आफूहरूले आन्दोलन गर्ने बताएका छन् । 

पत्रकार सम्मेलनमा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूहरूले प्रधानमन्त्री, सभामुख लगायतको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रधानन्यायाधीश नियुक्ति नगरेर न्यायपालिकालाई लामो समय नेतृत्वविहीन बनाइएको बताए । उनले अब उक्त कुरा सह्य नहुने समेत बताएका छन् । 

उनले ,प्रधानन्यायाधीश छिटो नियुक्तबारे ध्यानाकर्षण गराउन भोलि (बिहीबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने र आफूहरूले दिएको अल्टिमेटमबारे जानकारी गराउने बताए ।

महाभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा निलम्बित भएदेखि सर्वोच्च अदालत कायम मुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । त्यसपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बने । कार्कीले गत असोजमा अवकाश पाएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश छन् ।

२०७९ चैत्र २९ १४:५१ बजे

प्रतिक्रिया