बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ६ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जिप दुर्घटना भएको हो।
मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेरहेका छन् । ज्यान गुमाउनेहरू सबै एकै गाउँका रहेका छन् ।
जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचैजना सकुशल रहेको प्रहरीले जनाएको छ । चालक भने सम्पर्कविहीन छन्। झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया