आफ्नै पत्नीलाई बलात्कार गरेको आरोप लागेका कपिलवस्तुका न्यायाधीश भुवन गिरी पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २८ १६:३९ बजे

काठमाडौं । कपिलवस्तुका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनकी पत्नीले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि जिल्ला अदालत कपिलवस्तुले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो । उनी काठमाडौंमा रहेकाले पक्राउ गरेर पठाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पवन भट्टराईले जानकारी दिएका छन् । उनी काठमाडौंमा रहेकाले पक्राउ गरेर पठाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पवन भट्टराईले जानकारी दिएका छन् । गिरीलाई प्रहरीले मंगलबार दिउँसो काठमाडौंको गोङ्गबुको पवित्रनगरबाट पक्राउ गरेको हो । 

२०७९ चैत्र २८ १६:३९ बजे

प्रतिक्रिया