काठमाडौंको फोहोर बालेनको भबिष्य

काठमाडौंको फोहार बालेनको भबिष्य

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २७ ०८:३९ बजे
काठमाडौंको फोहार

 डम्मर  धामी , काठमाडौं । नेपालको  राजधानि काठमाडौं  अहिले फोहोरको  डङगुरको   नामले  परिचित  हुदै गएको छ । सम्पन्न स्थानिय तहको  निर्वाचनको केहि  अगाडी देखी फोहार बन्दै गएको  काठमाडौं  चुनाव पछि  केहि  दिन  फोहोर उठे पनि  अहिले भने फेरी  काठमाडौं फोहोर र गनधित  काठमाडौं बनेको छ ।  सरकारले फोहोर मैला व्यवस्थापनदेखि विसर्जन गर्नेसम्मको कार्यलाई सार्वजनिक हितकालागि आवश्यक क्षेत्र भन्दै हड्ताल गर्न नहुने निषेधित क्षेत्रभित्र पारेको छ । तर, सोही सेवामा महिनौंदेखि आंशिकबाहेक अधिकांश समय हड्ताल भइरहेको छ ।

फोहोर मैला व्यवस्थापनदेखि विसर्जनसम्मको कार्यलाई हड्ताल गर्न नहुने गरी निषेधित क्षेत्रमा राखिए तापनि त्यसलाई नियन्त्रण गर्न गृह प्रशासन असफल देखिएको छ ।

स्थानीय निकायको फोहोर व्यवस्थापन गर्ने गरिएको बन्चरेडाँडा ल्यान्डफिल साइटमा ४ दिन अघिदेखि फोहोर विसर्जन हुन सकेको छैन । सोमबार राती आक्रोशित स्थानीयले काठमाडौं महानगरपालिकाको दुई चेन डोजर र एक जेट मेसिनसहित फोहोर बोक्ने १७ वटा सवारी साधनमा तोडफोड गरेको थियो ।

उक्त तोडफोडपछि आक्रोशित भएका फोहोर मैला संकलन गर्ने निजी कम्पनीका सवारी चालकले जिउज्यानको सुरक्षा हुनुपर्ने, तोडफोड भएका सवारी साधनको क्षतिपूर्ति र तोडफोड गर्नेमाथि कारबाही गर्नुपर्ने माग राखी ल्यान्डफिल साइटको बाटो अवरुद्ध पारेका छन् । उनीहरूले पुल र बाटोमा गाडी तेस्र्याएर धादिङबाट आएका दर्जनौं फोहोर बोकेका दर्जनौं गाडीलाई बिचैमा रोकेका छन् ।

पहिला स्थानीयको अवरोध, अहिले निजी सवारी चालकको अवरोधको कारण फोहोर व्यवस्थापन जटिल बनिरहेको छ । उता फोहोर व्यवस्थापन गर्न नसकेर राजधानी दुर्गन्धित भइरहेको अवस्थामा स्थानीयले टेकु ट्रान्सफर स्टेसन बन्द गरेका छन् । 

टेकुस्थित ट्रान्सफर स्टेसनसमेत बन्द भएपछि फोहोर संकलन पूर्ण रूपमा रोकिएको छ । कामपा वातावरण व्यवस्थापन विभाग ल्याडफिल साइट इन्जिनियर सरकार दीप श्रेष्ठले सोमबारदेखि फोहोर संकलन र ढुवानी पूर्ण रूपमा बन्द भएको  जनाएको छन् । 

फोहोरको कारण टेकु क्षेत्र पूर्ण दुर्गन्धित भएको छ । फोहोर संकलन हुन नसकेको कारण उपत्यकाको प्रायः सबै सडक, गल्ली र चोक पूर्ण रूपमा फोहोरले भरिएको छ ।

 बालेनको भबिष्य फोहारको व्यवस्थापन 

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहाले फोहोर व्यवस्थापनमा कौशलता  देखाउन र फोहार  व्यवस्थापनमा  विभिन्न  बाधा अवरोधहरु आएपछि हटाउने हर प्रयास  गर्दा  पनि  त्यो नभएपछी  कतिपयले त बालेनलाई अहिले नै असफल भन्न थालेको छन् । चुनावको  समयमा बालेनको  जस्तो क्रेज थियो  त्यो  भने  विस्तारै  हरायदै  गएको  देखिएको  छ ।   

फोहोर व्यवस्थापनलाई मुख्य एजेन्डा बनाएर बालेन्द्र शाह (बालेन) नेपालको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाको मयेरमा स्वतन्त्रतर्फबाट निर्वाचित भए । पुराना र ठूला दलहरुको प्रतिष्ठाको रुपमा हेरिएको र थुप्रै दलहरुले आफ्नो पकड मान्ने काठमाडौं महानगरबाट स्वतन्त्रबाट उम्मेदवारी दिएका एक व्यक्ति निर्वाचित हुन्छन् भन्ने धेरैको कल्पनाबाहिरको कुरा थियो । तर काठमाडौंको फोहोरलाई मुख्य एजेन्डा बनाएर बालेन काठमाडौंको मेयरमा निर्वाचित मात्र भएनन् अत्याधीक मत प्राप्त पनि गरे । 

मेयर बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापन नगरेसम्म आफूले वीजयीको फूलमाला समेत नलगाउने भनेर भेनेका थिए । गएको वैशाख तीस गतेको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका बालेनले फोहोर व्यवस्थापन नगरी माला नलगाउने भनि हाल सम्म लगाएका छैनन् । तर मेयर बालेनले हालसम्म पनि काठमाडौंको फोहोर व्यवस्थापनको दिर्घकालीन आधार फेला पार्न सकेका छैनन् । हाल काठमाडौं राजधानी फोहोरको डंगुरले भरिएको छ । बालेन शाहले आफूले फोहोर व्यवस्थापनको लागि बरु एक वर्ष राजधानीवासीको गाली खाने तर क्षणिक नभई दिर्घकालीन रुपमा फोहोर व्यवस्थापनको उपाय खोज्ने सार्वजनिक रुपमै  बताएका छन् । 

काठमाडौंको फोहोरको समस्या धेरै लामो समय अगाडि देखिको  रुपमा रहेको छ । धेरैले यसको व्यवस्थापन गर्छु भन्दै आशा देखाएपनि यसको समाधान निष्कन सकेको छैन । बालेन निर्वाचित भएको समयदेखि नै काठमाडौंमा फोहोर थुप्रो लागेकोले बालेनको लागि थप कठिनाई थपिँदै आएको छ । कतिपयले भने उनी स्वतन्त्र रुपमा निर्वाचित भएको हुनाले फोहोरको समस्यालाई झन् पेचीलो बनाइएको धारणा राख्दै आएका छन् ।

२०७९ साउन २७ ०८:३९ बजे

प्रतिक्रिया