"अर्थतन्त्र सङ्कटको डिलमा छ, सबै मिलेर समाधान गरौँ "

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २८ १५:०० बजे
अर्थतन्त्र सङ्कटको डिलमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले  नेपालको अर्थतन्त्र सङ्कटको डिलमा रहेको बताएका छन् । उनले नेपालको अर्थतन्त्र सङ्कटको डिलमा रहेको बताउँदै वृहत विमर्श र सुधारका कार्य गर्नुपर्ने बताएका छन् । 

मंगलबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औँ वार्षिक साधारणसभामा ढकालले सरकारसँग यस्तो प्रस्ताव राखेका हुन् । ढकालले अर्थतन्त्र नाजुक अवस्थामा रहेका सबै मिले जोगाउनु आवश्यक रहेको  बताएका हुन् । 

 उनले सरकार, राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा वृहत राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको सङ्कटमोचक रोडम्याप बनाउनुपर्ने बताए ।  उनले नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र ब्याजदर घट्ने उपकरणहरू ल्याउनुपर्ने बताए । सानो अर्थतन्त्रको नेपालजस्तो मुलुकलाई छोटो समयमै लयमा फर्काउन सम्भव रहेको बताउँदै सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले सरकारको ध्यानाकर्षण गराए । 

२०७९ चैत्र २८ १५:०० बजे

प्रतिक्रिया