पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाममात्रैको भएकाे व्यवसायीहरूकाे गुनासाे

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २७ १५:३० बजे
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । पोखराका व्यवसायीहरूले पोखरा अन्तराष्ट्रिय विमानस्थलाई अन्तराष्ट्रिय रुपमा सञ्चालन गर्न माग राखेका छन् । सोमबार सिंहदरबारमा प्रधानमन्त्रीसँगको भेटमा पोखरेली व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाममात्रैको नबनाउने आग्रह  गरेका हुन । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री प्रचण्डले नै उद्घाटन  स्मरण गराउँदै उनीहरूले विमानस्थल अहिले नाम अन्तर्राष्ट्रिय तर उडान काठमाडौंजस्तो मात्र भएको  बताएका छन् ।  पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले विमानस्थल सञ्चालनका लागि  प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै भारत, चीन, बङ्गलादेशलगायत देशमा तत्काल उडान थाल्न नीतिगत पहल  गर्ने भनेका छन् । 

पोखरा उद्योग वाणिज्य संघ, नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन, होटल संघ पोखरा लगायत विभिन्न संघ, संस्था तथा उद्योगी व्यवसायीले आफूहरू निकै अप्ठ्यारोमा परेको  प्रधानमन्त्री समक्ष गुनासो गरेका छन् ।

पोखरा पर्यटन परिषदको नेतृत्वमा काठमाडौं पुगेका व्यवसायले बैंकको ब्याजदर एकल अङ्कमा झार्नुपर्ने, कर्जा पुनर्तालिकीकरण गर्नुपर्ने, पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्नुपर्ने, पोखराको रत्न मन्दिर, हिमा गृहजस्ता सम्पदा खुला गर्नुपर्ने लगायतका माग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राखेका हुन् ।

२०७९ चैत्र २७ १५:३० बजे

प्रतिक्रिया