मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पनि वार्ता हुने

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २७ ०८:२८ बजे
मिटरब्याज पीडित

काठमाडौं । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज  पनि वार्ता हुने भएको छ। गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समितिले आज पनि वार्ता गर्न लागेका हुन् । 

संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार छलफल भए पनि सहमति नभए पछि सोमबार पुनः गर्न लागिएको संयोजक अवधेस कुशवाहले बताएका छन् । 

मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेसन र चेकलगायत मन्त्रीपरिदषको निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे मागमा सरकारी बार्ता टोली समक्ष राखिएको  उनले बताएका छन् । 

२०७९ चैत्र २७ ०८:२८ बजे

प्रतिक्रिया