काठमाडौं । पूर्वी तराईका केही जिल्लाहरूमा चौपायामा लम्पी स्किन रोग अर्थात् छालामा हुने गिर्खे रोग देखिएको छ । उक्त रोग दुई वर्ष अघि पनि देखिएको थियो ।
सुनसरीको धरान, इटहरी, बराहक्षेत्र र मोरङका सुन्दरहरैचा, ग्रामथान लगायतका ठाउँका उक्त रोग देखिएको छ र पशु चौपायामा उक्त रोग देखिएपछि किसान मर्कामा परेका छन । लम्पी स्किन रोग लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट सर्ने एक रोग हो ।
प्रकोप नियन्त्रणका लागि चौपायामा खोप लगाउनुपर्ने भएपनि नेपालमा खोप उपलब्ध नभएकाले लगाउन सकिएको छैन् । लम्पी स्किन रोग देखिएका चौपायामा घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुन लगायत शरीरका भागमा गिर्खा देखिने, गिर्खा घाउ बन्ने र फुटेर पानी बग्ने लक्षण देखिन्छन । त्यस्तै, एक सय पाँच डिग्रीसम्म ज्वरो आउने, कचेरा र सिगान बग्ने तथा मुखबाट धेरै फिँज निकाल्ने जस्ता लक्षण देखिएका छन् ।यो रोग लागेपछि दूध दिने चौपायाको दूध उत्पादनमा व्यापक ह्रास आउने गर्छ ।
प्रतिक्रिया