नाइजेरियामा गोठालाहरूको आक्रमणमा परी ४६ जनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २५ ०७:२४ बजे
नाइजेरिया

नाइजेरिया । नाइजेरियाको उत्तरी मध्य भागमा रहेको गाउँमा बन्दुकधारी एक समूहले आक्रमण गर्दा दर्जनौं ४६ जनाको मृत्यु भएको छ । 

बेनुए राज्यको उमोगिडी समुदायमा बुधबार  भएका उक्त आक्रमणमा परी ४६ जनाको ज्यान गएको हो । आक्रमण गर्ने गोठालाहरू रहेको  बताइएको छ । उक्त स्थानमा घुमन्ते गोठालाहरू र जमिन र स्रोतहरूको लागि प्रतिस्पर्धा गर्ने स्थायी किसानहरू बीच बदलाका लागि भिडन्तहरू हुने गर्छन् ।

घटनाबारे पुष्टि गर्दै बेनुए राज्यका प्रशासकका सुरक्षा सल्लाहकार पल हेम्बाले भने, ‘घटनामा ४६ जनाको मृत्यु भएको छ । धेरै मानिस अझै हराइरहेका छन् । त्यसैले मारिनेको सङ्ख्या अझै बढी हुन सक्छ ।’

उनले गोठालाहरूले विगत एक महिनादेखि स्थानीय समुदायमाथि आक्रमण गरिरहेको बताए । आक्रमणको कारण स्पष्ट नभए पनि बेनुई किसान र गोठालाहरूबीचको झडपबाट सबैभन्दा बढी प्रभावित भएको छ ।

उनीहरूले आफ्नो गाईवस्तु चराएर खेतीयोग्य जमिन नष्ट गरेको आरोप किसानहरूले लगाएका छन् । साम्प्रदायिक हिंसा निर्वाचित राष्ट्रपति बोला तिनुबुले सामना गर्नुपरेको सुरक्षा चुनौतीमध्ये एक हो ।

सुरक्षा फौजले देशको उत्तरपश्चिममा १४ वर्ष लामो जिहादी द्वन्द्व र दक्षिणपूर्वमा पृथकतावादीहरूको आक्रमणसँग पनि जुधिरहेको छ ।

२०७९ चैत्र २५ ०७:२४ बजे

प्रतिक्रिया