मिटरब्याज पीडितको प्रदर्शन जारी प्रहरी हस्तक्षेप वढ्दै

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २४ १४:५६ बजे

काठमाडौँ । प्रहरीले झण्डै १५ जनाभन्दा बढी  मिटर  व्याज पिडित लाइ नियन्त्रणमा लिएको छ। सरकारले मिटर व्याजलाई अपराध ठहर गर्दै मिटरब्याजीलाई कारबाही गर्न कानुन बनाउने भन्दै त्यसको छानबिन गर्न  आयोग गठन गरिसकेको थियो तर आयोगले काम गरी पिडित लाइ न्याय दिन नसक्ने भएको हुदा मिटर व्याज पिडितले आज निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

सिंहदरबार गेटमा प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार पीडितहरु प्रदर्शनसहित माइतिघरबाट सिंहदरबारको पश्चिम गेटतर्फ आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले झण्डै १५ जनाभन्दा बढी पीडितलाई नियन्त्रणमा लिएको हो । सरकारले मिटर व्याजलाई अपराध ठहर गर्दै मिटरब्याजीलाई कारबाही गर्न कानुन बनाउने भन्दै त्यसको छानबिन गर्न  आयोग गठन गरिसकेको छ  पिडितले आयोगको कामकार्वाहि लाइ विश्वास गर्न सकेका छैनन्।

२०७९ चैत्र २४ १४:५६ बजे

प्रतिक्रिया