तलिचौर गाउँ

bimbonline नरेन्द्र देवकोटा
२०७९ चैत्र २४ ०९:०४ बजे

डोटी।

आफ्नै बस्ति स्वर्ग जस्तै यी ठाउँले भन्छन्

पहाडका गाउँ बस्तीले मिठो भाका बोल्छन् ।

सम्म बस्ति तलिचौर गाउँ, अगाडि छ ज्यूलो

ज्युलो नजिक तीला नदी गाउँ  छ  रमाइलो ।


गाउँको पूर्व दानसाँगु  सानो सानो बजार

शिबरात्री तिज् माघीमा  लाग्छ हाट बजार ।

जवा तिला नदि बिच  स्कुल नव प्रभात्

स्कुल् छेउ डोल्पा सडक् बिकास् को शुरवात् ।


गाउँ माथि एप्रोट छ छेउमा दुर्गा मन्दिर्

एप्रोट् नजिक् खलंगामा चन्दननाथ मन्दिर ।

चन्दननाथकै आडमा छन्  प्रशिद्व भैरवनाथ् 

निल भैरव्र सदाबहार छन् है हाम्रा साथ्


उत्तरर्तिर अचार्ज गाउँ भण्डारी् सिमखाडा

जुगाढ खोला मालाभिँड  दक्षिण बिष्टबाडा ।

पुर्बउत्तर् चौधबिस  पातरासि गोठिचौर्

पश्चिम् छिना महत् गाउँ र तल खलाचौर् ।


खलाचौरको तल लाम्ब्रा भित्र हियाँपानी 

बाबिरोको दर्शन गरि नुहाउँ तातोपानी ।

तलिचौर गाउँबाट उत्तर् एक् दिन् सिंजा

खस् नेपाली भाषास्थल् यहि ठाउँ हो सिँजा ।


तलिचौरै जन्मेका हुन् लेखक रत्नाकर

कर्णालीकै पहिलो प्राज्ञ थिए पत्रकार ।

यहि गाउँमा जन्मेको हो यो पंक्तिकार् पनि

दुईचार हरफ् लेख्ने शक्ति मिलोस् मलाईपनि।


२०७९ चैत्र २४ ०९:०४ बजे

प्रतिक्रिया