काठमाडौं । मोरङबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) का तीन वटा परीक्षा केन्द्रबाट ११६ जना विद्यार्थी पक्राउ गरिएको छ । उनिहरुलाई नक्कली परीक्षार्थी भएको आशंका पक्राउ गरिएको हो ।
नक्कली परीक्षार्थीको आशङ्कामा ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन दाहालका अनुसार प्रहरीले बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो । बिहीबार ५२ जनालाई नियन्त्रणमा लिइएको आज ५२ जना शंकास्पद परीक्षार्थीलाई नियन्त्रणमा लिएका भेरिफाइ भइरहेको
उनले बताएका छन् । एउटाको नाममा अर्कैले परीक्षा दिएको भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका उनले बताएका छन् ।
कुन-कुन विद्यालयका विद्यार्थी हुन भन्ने खुल्ने क्रममा रहेको उनले बताए । प्रहरी अनुसार पक्राउ परेका मध्ये धेरै जनाले नरग्राम माध्यमिक विद्यालयका विद्यार्थीको प्रवेश पत्र बोकेका छन् ।शंकास्पद ५२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले यो संख्या घटबढ हुनसक्ने बताएको छ ।
यस्तै, केराबारी गाउँपालिका-७ स्थित सार्वजनिक माध्यामिक विद्यालयबाट ४४ जना र सुन्दरहरैचा नगरपालिका-१ स्थित जनता माध्यामिक विद्यालयबाट २० पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया