बलात्कार आरोप लागेका न्यायाधीशविरुद्ध पक्राउ पुर्जी

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २३ ०७:५१ बजे
भुवन गिरी

काठमाडौं । न्यायाधीश भुवन गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुद्वारा पक्राउ पुर्जी जारी गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले वैवाहिक जबर्जस्ती करणी मुद्दामा न्यायाधीश गिरीलाई पक्राउ पुर्जी जारी गरेको हो ।  प्रहरी कार्यालयले  अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी माग गरेको थियो।

जिल्ला प्रहरी कार्यालयको मागअनुसार जिल्ला अदालतले गिरीविरुद्ध सोमबार पक्राउ पुर्जी जारी गरेको हो। न्यायाधीश गिरीविरुद्ध उनकै श्रीमतीले कपिलवस्तु प्रहरीमा वैवाहिक करणीको उजुरी दिएकी थिइन्। गत मङ्सिरमा न्यायाधीश गिरीकी कान्छी श्रीमती आरती रावलले उनीविरुद्ध हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि निवेदन दिएकी थिइन्।

जिल्लामा प्रहरीले उजुरी लिन नमानेपछि रावलले राष्ट्रिय मानवअधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले न्यायाधीश गिरीविरुद्ध अनुसन्धानका लागि पक्राउ पुर्जी माग गरेको थियो।

कपिलवस्तु जिल्ला प्रहरी कार्यालय ले भने पक्राउ गर्ने-नगर्ने भन्ने अनुसन्धानकै विषय रहेको बताएको छ ।  यसअघि न्यायाधीश गिरीकी श्रीमती आरती रावविरुद्ध पनि बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा रावललाई पक्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको थियो । न्यायाधीश गिरी १ महिनाअघि काठमाडौँस्थित न्याय परिषद्मा सरुवा भएका थिए ।

२०७९ चैत्र २३ ०७:५१ बजे

प्रतिक्रिया