काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाको देउखेल प्राथमिक स्वास्थ्य केन्द्रलाई १० लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले उक्त सामाग्री उपलब्ध गराएको हो ।
स्थानीय वासी र जनताहरूका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले बित्थडचिर गाउँपालिकाका अध्यक्ष अम्मर महर र प्रवक्ता हरिशचन्द्र जोशीको संयुक्त टोलीको पहलले देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा १० लाख रकम बराबरका विभिन्न किसिमका औषधि र स्वास्थ्य सम्बन्धी उपकरणहरू प्रदान गरिएको हो । गाउँको स्वास्थ्यका सुधारका लागि अरू थुप्रै कुराहरू प्रक्रियामा रहेका छन् ।
प्रतिक्रिया