काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी पहाडी भू-भाग लगायत सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।
अज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
शुक्रबार दिउँसो मधेश प्रदेश, कोशी प्रदेश लगायत देशको पहाडी भू-भाग आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।
शुक्रबार राती कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
शनिबार दिउँसो कोशी प्रदेश ,मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।
शनिबार राती कोशी प्रदेश ,मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने छ।
चेतावनी तथा परामर्श
कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
प्रतिक्रिया