काठमाडौं । गत बैशाख तीस गते भएको स्थानीय तहको निर्वाचनमा पोखरामा भएको निर्वाचनमा पोखरा महानगरपालिकाको एक वडामा पुन: मतगणना गर्न पोखरा उच्च अदालतले आदेश जारी गरेको छ । पोखरा उच्च अदालतले पोखरा महानगरपालिका-१८ को मतगणना पुन: गर्न आदेश जारी गरेको हो ।
बैशाखमा भएको निर्वाचनमा उक्त वडामा नेपाली कांग्रेसले जितेको थियो । उक्त वडामा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद तिमिल्सिना ३ मतले जितेको घोषणा गरिएको थियो । सोही वडामा नेकपा एमालेका पुस्कल बहादुर थापा उम्मेदवार रहेका थिए । नेकपा एमालेका उम्मेदवार थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुन: मतगणनाको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।
त्यतिखेर निर्वाचन अधिकृतको कार्यालयले भने शिवले १६ सय ४३ र पुस्कल बहादुर थापाले १६ सय ४० मत ल्याएको घोषणा गरेको थियो ।कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासले वैशाख २० गते पुन: गणना गर्न फैसला दिएको हो । उच्च अदालतकै रोहवरमा पुन: मतगणना गर्न आदेश भएको पुस्कलका तर्फबाट बहस गरेका अधिवक्ता सुरेन्द्र थापामगरले जानकारी दिए ।
प्रतिक्रिया