फेरियो ट्वीटरको लोगो, चराको ठाउँमा कुकुर

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २१ १२:५१ बजे
ट्वीट

काठमाडौं । ट्वीटरको  लोगोमा परीर्वतन गरीएको छ ।  सिइओ एलन मस्कले ट्वीटरको लोगोमा हेरफेर गरेका हुन् । यो सँगै ट्वीटरबाट निलो चरा गायब भएको छ र ट्वीटरको लोगोमा कुकुरको चित्र ल्याइएको छ ।

मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात् डगीको मिमलाई नै ट्वीटरको लोगो बनाएका हुन् ।

अब ट्वीटरमा लगअन गर्ने बित्तिकै त्यही कुकुरको चित्रले स्वागत गर्नेछ । साथै ट्वीटर होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा पनि शिवा तथा काबोसु नामक उक्त कुकुरको चित्र नै देखिन छ । यो परिवर्तन हाल ब्राउजरमा देखिएको छ । मोबाइल एपमा भने पुरानै निलो रंगको चरा नै देखिन्छ ।

ट्वीटरको निकै सुन्दर तथा आइकनिक निलो चराको लोगोको ठाउँमा कुकुरको पहेँलो तथा सुन्तला रङको तस्वीर देखा परेसँगै प्रयोगकर्ताहरु अचम्मित भएका छन् । मस्कले एउटा ट्वीटर मार्फत् ट्वीटरको लोगो उक्त डगी नै भएको पुष्टि गरेका छन् । यसअघि कतिपय प्रयोगकर्ताहरुले ट्वीटर ह्याक भएर त्यस्तो भएको हुनसक्ने अड्कलबाजी गरेका थिए । तर त्यसको केहीबेरपछि मस्कले ट्वीट गरेका थिए । 

२०७९ चैत्र २१ १२:५१ बजे

प्रतिक्रिया