बंगलादेशको बंगबजारमा आगलागी

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २१ १२:४३ बजे
आगलागी

काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित बंगबजारमा आगलागी भएको छ । मंगलबार बिहान ६ बजेतिर लागेके हो ।  आगो निभाउन ५० युनिटलाई परिचालन गरिएको र पानीको कमी लगायतका कारण नियन्त्रणमा लिन कठिनाइ भइरहेको ढाका ट्रिब्युनले जनाएको छ । इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)ले आगो नियन्त्रणका लागि एक हेलिकोप्टरसहित बंगलादेशका स्थल र वायु सेनाको संयुक्त टोली समेत खटाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार केही ब्यापारीहरुले आफ्ना सामान बाहिर निकालेर सुरक्षित स्थानतर्फ गएको देखिए पनि केहीले आफ्ना सामान जोगाउन नसकेको समाचारमा उल्लेख छ । आगो तीव्ररुपमा फैलिएकाले मानिसको हताहती भएरनभएको पनि एकीन छैन । आगलागिको कारण भने पनि खुलेको छैन् । 

आगो निभाउनका लागि बजार क्षेत्र वरपरका सडकमा यातायात सेवा बन्द गरिएको छ । बंगबजार हुँदै हाईकोर्ट चोकबाट गुलिस्तानतर्फ जाने सडक बन्द गरिएको छ । साथै गुलिस्तानदेखि उत्तर दक्षिणको सडक पनि बन्द छ । ढाका मेडिकल कलेज अस्पताल नजिकको फ्लाइ ओभरमा पनि यातायातका साधन सन्चालनमा रोक लगाइएको छ ।

२०७९ चैत्र २१ १२:४३ बजे

प्रतिक्रिया