कच्चा तेलको उत्पादन घटाउने तेल निर्यात गर्ने देशहरुको संगठन (ओपेक)को निर्णय

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २० ०८:४७ बजे
कच्चा तेल

काठमाडौं । तेल निर्यात गर्ने देशहरुको संगठन (ओपेक)ले तेलको उत्पादनमा कटौती गर्ने निर्णय गरेका छन् । उनिहरुदे कच्चा तेलको मुल्य लगातार  ओरालो लागिरहेकाले उत्पादनमा कटौती गर्न लागेका हुन् ।   

साउदी अरबसहित तेल निर्यात गर्ने देशहरुको संगठन (ओपेक)ले प्रतिदिन ११ लाख ब्यारेलभन्दा बढी तेल उत्पादन घटाउने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा स्थीरता ल्याउन उत्पादन कटौती गर्ने निर्णय गरिएको उनीहरुको भनाइ रहेको बीबीसीले जनाएको छ । 

यसअघि तेल उत्पादक देशहरुको संगठन ओपेकले २० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने अनुमान गरिएको थियो । तर ओपेक देशका मन्त्रीहरुको भर्चुअल बैठकमा प्रतिदिन ११.५० लाख ब्यारेल तेल उत्पादन घटाउने सहमति  गरेका हुन् । भर्चुअल बैठकमा साउदी अरब र रुसका मन्त्रीहरु पनि सहभागी रहेका बीबीसीले जनाएको छ । 

साउदी प्रेस एजेन्सीका अनुसार साउदी अरबले मे २०२३ देखि यस वर्षको अन्तिमसम्ममा कच्चा तेलको उत्पादनमा हरेक दिन पाँच लाख ब्यारेल तेल उत्पादनमा कटौती गर्नेछ । यसैगरी रुसले पनि प्रतिदिन पाँच लाख ब्यारेल, साउदी अरबले १ लाख ४४ हजार ब्यारेल र ओमानले ४० हजार ब्यारेल तेल उत्पादन कटौती गर्नेछन् ।

सिलिकन भ्याली बैंक र क्रेडिट सुइस बैंकको वित्तीय संकटका कारण वित्त बजारमा उथलपुथल आएसँगै कच्चा तेलको माग पनि घटेको थियो । माग घटेसँगै मूल्य पनि प्रतिब्यारेल ७५ डलरमा झरेको थियो । यद्यपि केही दिनयता स्थिति सुध्रिएको छ र कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलर आसपास पुगेको छ ।

२०७९ चैत्र २० ०८:४७ बजे

प्रतिक्रिया